१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरणको सहमति बनेसँगै मुख्यमन्त्री जम्कट्टेलमाथि सङ्कट देखिएको थियो ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारबाट असार २४ मा एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै ५ मन्त्रीको सामूहिक राजीनामा गराएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन नेकपा एमालेले ह्विप जारी गरेको छ । एमाले संसदीय दल बागमती प्रदेशको शनिबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गर्दै ह्विप जारी गरेको हो ।

एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्विप जारी गरेको संसदीय दलका मुख्य सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : ०८ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित