८ कार्तिक २०८३, आइतबार | October 25, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आज दिउँसो बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।

माओवादी संसदीय दलका नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले मुख्यमन्त्री महरासँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एकरएक गरी १२ जनाको मात्रै समर्थन रहेको छ ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने संबैधानिक ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : २४ बजे

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व