५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान



लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुआत भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गरे । भिक्षु धम्मले वर्षाबास कार्यक्रमले बुद्धको उपदेशहरूको ज्ञान लिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

उनले भने, “नेपालीहरूलाई विश्वभर बुद्धको देशका मानिस भनेर चिनिन्छ । यसैले पनि सबै नेपालीले बुद्धको ज्ञान लिनु आवश्यक छ ।” लुम्बिनी आधात्मिक केन्द्र भएको उल्लेख गर्दै उनले लुम्बिनीबाट के पाएँभन्दा पनि के दिएँ भनेर सोच्नुपर्ने बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले विभिन्न समयमा लुम्बिनीको पहिलो राजकीय बौद्ध विहार भत्काउने विषय उठ्ने गरेको जनाउँदै बुद्ध जन्मेको स्थानमा बुद्ध विहार भत्काउँदा संसारभर राम्रो सन्देश नजाने बताए । उनले विहारलाई लुम्बिनी विकास गुरुयोजनाभित्र राखेर पुनःनिर्माण गर्न सरोकार भएकाहरूलाई सुझाव दिए । उनले लुम्बिनीमा रहेका अधिकांश गुम्बा र विहार स्थानीयसँग जोडिन नसकेको दुखेसो गरे ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले विश्व समुदायको हितका लागि शान्ति पहिलो शर्त भएकाले शान्ति प्राप्तिका लागि समुदायस्तरमा बुद्ध शिक्षा पुर्याउनुपर्नेमा जोड दिए । विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । वर्षात्को तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक-उपासिकासहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ । साउन पूर्णिमादेखि सुरु भएको वर्षाबास तीन महिनापछिको पूर्णिमामा समापन हुनेछ । वर्षाबास कार्यक्रम व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : ५५ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने