२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

ओझेलमा पुष्पलाल अध्ययन केन्द्रको भवन



गण्डकी । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका युगजयी विचारको अध्ययन-अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पोखराको फेदीपाटनस्थित पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ ।

नेपालमा कम्युनिष्ट आन्दोलनको जग बसाल्ने प्रमुख नेता पुष्पलालले अघि सारेका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्तालाई हस्तान्तरण लक्ष्यका साथ निर्माण गरिएको भवन पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा ओझेलमा परेको हो ।

पोखरा महानगरपालिका-२१ फेदीपाटन, पोटेरामा पाँच वर्षअघि निर्माण गरिएको सुविधासम्पन्न भवन अत्यावश्यक संरचनाको अभावमा पूर्णरुपमा सञ्चालन गर्न नसकिएको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवम् नेकपा एमाले स्थायी कमिटीका सदस्य खगराज अधिकारीले जानकारी दिए । उनका अनुसार तत्कालीन जहानियाँ राणा शासनका विरुद्धमा आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका आदर्श पुरुष पुष्पलालको विचारलाई जीवन्त राख्ने उद्देश्यका साथ केन्द्र स्थापना गरिएको हो ।

करिब रु १० लाखमा खरिद गरेको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकार, विभिन्न सङ्घसंस्था एवं व्यक्तिबाट सङ्कलन गरिएको रु एक करोड ५० लाख बराबरको आर्थिक सहयोगबाट भवन निर्माण गरिएको अध्ययन केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता अधिकारीले भने, “तीनतले पक्की भवनमा पुस्तकालय, तालिम कक्ष, पुष्पलालसम्बन्धी अध्ययन-अनुसन्धान गर्न इच्छुक सङ्घसंस्था एवं व्यक्तिका लागि नवीनतम् प्रविधिसहित आवश्यक वातावरण तयार गरिए पनि अपेक्षा गरिएअनुसार भवनको सदुपयोग हुन सकेको छैन, त्यसतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।”

पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा नेकपा ९एमाले० पोखरा महानगरपालिकाद्वारा सोही भवनमा आज आयोजित प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै एमाले नेता अधिकारीले यसै क्षेत्र आसपासका करिब एक सय रोपनी सार्वजनिक जग्गाको पहिचान एवं संरक्षण गरी जननेता मदन भण्डारी र कम्युनिष्ट आन्दोलनका शीर्षस्थ नेताहरुको सालिकसहित पुष्पलाल स्मृति वाटिका निर्माण गर्न केन्द्र जुटिरहेको जानकारी दिए ।

पोखरा महानगरपालिका-१७ र २१ जोडने फुस्रेखोलामाथिको पक्की पुल निर्माण प्रक्रियाअन्तर्गत रु ४९ करोड लागतसहितको डिपिआर तयार भएको जानकारी दिँदै पूर्वमुख्यमन्त्री अधिकारीले पुल निर्माणपछि अध्ययन केन्द्रसहित स्थानीय बासिन्दाका लागि यातायातको पहुँच पुग्ने विश्वास व्यक्त गरे ।

एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका इन्चार्ज कृष्ण थापाले नेपाल कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गरेको बताए ।

यसैगरी, केन्द्रीय सदस्य एवम् अध्ययन केन्द्रका महासचिव भीमबहादुर कार्कीले पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएपछि नेपालमा कम्युनिष्ट आन्दोलनको बीजारोपण भएको धारणा व्यक्त गरे ।

एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानका बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा अध्ययन केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा-१६ बाटुलेचौर जन्मस्थान भएका पुष्पलालका सहपाठी कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको सालिकमा माल्यार्पण गरिएको थियो ।

विसं १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भङ्गेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठका कोखबाट माइलो सन्तानका रुपमा जन्मिएका पुष्पलालको नयाँ दिल्लीस्थित गोविन्दवल्लभ पन्त अस्पतालमा २०३५ साल साउन ७ गते उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : २३ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा