१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागमतीमा सरकार गठनको तयारी, लामाले आज मुख्यमन्त्रीमा दाबी गर्दै



हेटौँडा । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्।

सोमबार नै दावी पेश गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमाले भित्रको आन्तरिक समस्याका कारण यो कार्यक्रम स्थगित भएको थियो।

नयाँ सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन्। यस सहमतिपछि आज बिहान ११ बजे लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मङ्गलबारसम्मको समय दिएका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन्। प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १० : १५ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको