२२ मंसिर २०८२, सोमबार | December 9, 2025

समकक्षता प्रमाणपत्र लिदा पूर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन



काठमाडौं । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा पुर्वमन्त्रीसँग घुस लिएको विषय छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

पूर्वमन्त्री विरेन्द्र प्रसाद महतोले प्रतिनिधिसभाको बैठकमा आफ्नो छोराको समकक्षता प्रमाणपत्र लिदा पाँच हजार घुस खुवाउनु परेको बताएका थिए ।

शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारवाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानविन गरी ७ सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : २० बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट