१८ माघ २०८२, आइतबार | February 1, 2026

सौर्य एयरको विमान दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हन् ।

सौर्य एयरलाइन्सको ‘नाइन एन एएमई सिआरजे सेभेन’ को विमान विमानस्थल परिसरभित्र दुर्घटना हुँदा सौर्य एयरलाइन्सका कर्मचारी र प्राविधिक सवार १८ जनाको मृत्यु र पाइलट गम्भीर घाइते भएका छन् ।

सभापति देउवाले दुर्घटनामा दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामनाका साथै शोकाकुल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : ३३ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक