१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रदेश मन्त्री चयनका विरुद्ध कांग्रेस लुम्बिनीका सभापति पुनले दिए यथोचित निर्णयमा पुग्ने चेतावनी



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद गठन प्रक्रिया विरुद्ध एमाले प्रदेश संसदीयदलका नेता लिला गिरीको राजीनामा आएसँगै मन्त्री चयन प्रति कांग्रेसमा पनि विरोधका स्वर आउन थालेका छन् । प्रदेशको मुख्यमन्त्री चयनमा संसदीय पद्धती उल्लंघन भएको भन्दै गिरीले राजीनामा दिएसँगै कांग्रेसको प्रदेश सभापति अमरसिंह पुनले पनि प्रदेश समितिसँग समन्वय नै नगरि पार्टी केन्द्रले निरंकुशता लादेको बताएका छन् ।

प्रदेश सभापति पुनले पार्टी सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान (नेपाली कांग्रेसको संशोधित विधान, २०१७ को परिच्छेद ४ दफा १३ को ७(ठ)) अनुसार प्रदेश पार्टीको अन्तरसम्वन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिएको बताएका छन् ।

उनले नेपाली जनतामा सघीयता र प्रदेश संरचनाप्रती वितृष्णा पैदा भैरहेको बेला नेपाली कांग्रेसका आम साथीहरूको भावना विपरित मनत्री चयनमा गरिएको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेको ध्यानकार्षण पत्रमा उल्लेख गरेका छन् ।

पत्रमा मनत्री चयनको निर्णयलाई पुनर्विचार गर्न नेपाली कांग्रेस केन्द्रीय नेतृत्वलाई आग्रह गर्दै अन्यया वैधानिक प्रकृया बिरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका साथीहरूसँग बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने चेतावनी समेत पुनले दिएका छन् ।

प्रदेश सरकारमा मन्त्री चयनका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी प्रदेश समितिका पदाधिकारीलाई बेवास्ता गर्दै काठमाडौं गएर मन्त्रीहरुको नाम टुंगो लगाएको प्रदेशका नेताहरुको आरोप छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले