१३ पुस २०८२, आइतबार | December 28, 2025

खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना



खोटाङ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।

अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका बासिन्दाले शान्ति, सुरक्षाको महसुस गरेका वडाध्यक्ष दिनेशकुमार कठेतले बताए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-भाजपुर सडकखण्डको पेलुङमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गरे । कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।

सोही कार्यक्रममा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय समाजसेवी केशरमान राई र अर्थमान राईले दुई÷दुई रोपनी जग्गा उपलब्ध गराएका हुन । जग्गादाता राईद्वयलाई सम्मान गरिएको थियो ।

दश स्थानीय तह रहेको खोटाङमा निर्मलीडाँडासँगै २३ स्थानमा प्रहरी चौकी स्थापना भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडा रहेको जिल्लामा जिल्ला प्रहरी कार्यालय, छवटा इलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा गार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एक पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ७ : ४६ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार