२ मंसिर २०८२, मंगलबार | November 18, 2025

गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा



तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कार्यालयका प्रमुख ज्योति आचार्यका अनुसार ७७ उद्योगको अनुगमनपछि सङ्कलन गरिएको नमूना परीक्षणबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेका पाइएको हो ।

खाद्य ऐन २०२३ बमोजिम दूषित र न्यूनस्तर खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने व्यवसायलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । यही साउन १९ गतेदेखि लागू हुने खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्नेलाई पाँच वर्ष कैद वा रु पाँच लाख जरिवाना वा दुवै सजाय हुने कडा प्रावधान छ ।

उक्त कार्यालयले गत आर्थिक वर्षमा २१ वटा उजुरी सम्बोधन गरेको थियो । मसीयुक्त पत्रपत्रिकामा खानेकुरा नराख्न, मासुलगायतपरिकार पकाएर खानुपर्ने खाद्य पदार्थमा सेन्थेटिक रङको प्रयोग नगर्न, फलफूल पकाउन प्रतिबन्धित क्याल्सियम, कार्बोहाड्रेडको प्रयोग नगर्न कार्यालयले अनुरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ७ : ५४ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो