२ पुस २०८२, बुधबार | December 18, 2025

ओटीटीमा धेरै हेरिएको फिल्म बन्यो चमकिला



काठमाडौं । २०२४ को पहिलो ६ महिनामा ओटीटी प्लेटफर्ममा धेरै हेरिएका फिल्मको सूची सार्बजनिक भएको छ । ओरम्याक्स मिडियाले २०२४ को पहिलो हाफमा सबैभन्दा धेरै हेरिएका हिन्दी चलचित्रहरूको सूची सार्वजनिक गरेको हो ।

२०२४ को पहिलो ६ महिनामा ओटीटीमा धेरै हेरिएको फिल्म इम्तियाज अलीको फिल्म अमर सिंह चमकिला रहेको छ । फिल्मले अहिलेसम्म १.२९ करोड भ्युज पाएको छ । यस फिल्ममा दिलजीत दोसांझ मुख्य भूमिकामा थिए ।

दोस्रो स्थानमा सारा अली खान, करिश्मा कपूर र विजय वर्मा स्टारर फिल्म मर्डर मुबारक छ, जसलाई स्ट्रिमिङ प्लेटफर्ममा १.२२ करोड मानिसहरूले हेरिसकेका छन् । फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा रहेका  छन् । त्यस्तै तेस्रो स्थानमा सारा अली खानको ए वतन मेरे वतन है, जसलाई १.१५ करोड भ्युज प्राप्त भएको छ । फिल्ममा सारा अली खान मुख्य भूमिकामा थिइन् ।

त्यस्तै चौथो स्थानमा रहेको फिल्म महाराजको एक करोड ६ लाख भ्यूज रहेको छ । यस फिल्मबाट आमिर खानका छोरा जुनैदले डेब्यु गरेका थिए । त्यस्तै यस सूचीमा पाँचौं फिल्म पटना शुक्ला रहेको छ । यस फिल्मले अहिलेसम्म ९८ लाख भ्यूज पाएको छ । यस फिल्ममा रविना टण्डन पनि लामो समयपछि यो फिल्ममा देखिएकी हुन् ।

गत वर्षको तुलनामा ओटीटीमा चलचित्र हेर्नेको संख्या घटेको रिपोर्टमा उल्लेख छ । सन् २०२३ को मध्यसम्ममा शाहिद कपूरको फिल्म ब्लडी डैडी १.६६ करोड मानिसले हेरेका थिए ।

ओरम्याक्सले भारतभरका सबै ओटीटी प्लेटफर्महरूमा सबैभन्दा धेरै हेरिएका वेब शो र चलचित्रहरूको सूची जारी गर्दछ । यदि दर्शकले कम्तिमा ३० मिनेटको एपिसोड वा चलचित्र हेरेमा त्यसको आधारमा यो डाटा निकालिने ओरम्याक्सले जानाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ९ : ०० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल