१३ पुस २०८२, आइतबार | December 28, 2025

माओवादीको बैठक: सत्ता केन्द्रित हुँदा बर्गीय सम्बन्ध कमजोर बनेको चर्चा

राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनुपरेको प्रचण्डको ब्रिफिङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा बर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् ।

शुक्रबार बसेको बैठकमा प्रचण्डले कमजोर बनेको वर्गीय सम्बन्धलाई सुधार गर्ने मौका माओवादीले अहिले पाइरहेको बताएका हुन् । प्रचण्डले भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाहको क्षेत्रमा र कुटनैतिक क्षेत्रमा राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनु परेको बैठकमा ब्रिफिङ गरेका थिए ।

उनले बैठकमा भने- ‘हामीले सरकारमा रहेर भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने पक्षमा, कुटनैतिक क्षेत्रमा हामीले निकै राम्रो पहलकमदी लिएका थियौं । त्यो पहल कदमी लिँदालिँदै समीकरण परिवर्तन गरियो ।’

अध्यक्ष प्रचण्डको ब्रिफिङपछि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव चक्रपाणि खनाल, हितराज पाण्डे, प्रवक्ता सापकोटा, उपमहासचिव वर्षमान पुन र राम कार्कीले आ–आफ्नो धारणा राखेको पनि प्रवक्ता सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार नेताहरुले अब माओवादी रुपान्तरण र सुद्धीकरणको बाटोमा जानु जरुरी रहेको धारणा राखेका थिए ।

नेताहरुले धारणा राख्ने क्रम जारी रहेकोले बैठक भोलीपनि जारी रहने सापकोटाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : २६ बजे

रास्वपा र बालेनबीच सात बुँदे सहमति, पार्टी सभापति रवि, प्रधानमन्त्रीको उमेदवार बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा