२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक बोलाइयो



काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ ।

संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक साउन १४ गते सोमबार बिहान साढे ११ बजे बस्नेगरी बोलाएको जानकारी दिएका छन् ।

यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ । यसअघि उनको समितिमा बुधबार सुनुवाइ गरिएको थियो ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको अवस्थामा समितिले सोमबार निर्णय लिन लागेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ५६ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट