११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक बोलाइयो



काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ ।

संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक साउन १४ गते सोमबार बिहान साढे ११ बजे बस्नेगरी बोलाएको जानकारी दिएका छन् ।

यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ । यसअघि उनको समितिमा बुधबार सुनुवाइ गरिएको थियो ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको अवस्थामा समितिले सोमबार निर्णय लिन लागेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ५६ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको