२८ जेष्ठ २०८३, बिहिबार | June 12, 2026

म्याग्दीको बगरफाँटमा ‘एक घर, एक धारा’



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको आयोजनाबाट दुई सय पाँच घरपरिवार लाभान्वित भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष दीपकबहादुर मल्लले सङ्घीय सरकारको रु एक करोड ४४ लाख ७५ हजार एक सय १२ सहयोगमा आयोजना निर्माण भएको जानकारी दिए । “कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०-५० लिटर क्षमताको तीनवटा रिजर्भ टयाङ्कीमा सङ्कलन गरी वितरण गर्न थालिएको छ”, उनले भने, “संरचना निर्माणको काम सकिएपछि दुई सय पाँचवटा घरमा मिटरसहित जडान भएका धारामा परीक्षणका लागि पानी वितरण गर्न थालिएको हो ।”

परीक्षणका क्रममा देखिएका प्राविधिक समस्या समाधान र सुधार गरेर नियमित पानी वितरण गर्ने तयारीका साथ काम भइरहेको अध्यक्ष मल्लले बताए । पाँच हजार दुई सय ७१ मिटर मुख्य र पाँच हजार पाँच सय ४७ मिटर वितरण पाइप लाइन निर्माण भएको छ । आयोजना निर्माणका लागि आव २०७९/८० मा रु ५३ लाख ११ हजार आठ सय ५२ र २०८०/८१ रु ९१ लाख ६३ हजार दुई सय ६० खर्च भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सबइन्जिनियर सुनिल सिंह बोहोराले बताए । उपभोक्ता समितिले कुल लागतको १० प्रतिशत बराबरको श्रमदान गरेका छन् । यसअघि बगरफाँटमा २१ वटा सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । सार्वजनिक धाराबाट गाग्री, ग्यालीन र ड्रममा ओसार्ने तथा पाइप जडान गरेर घरघरमा पानी लगेर उपभोग गर्ने गरेका थिए ।

घरघरमा धारा जडान गरेर पानी वितरण गर्न थालेपछि मितव्ययी प्रयोग, समयको बचत र पानीका कारण हुने सामाजिक द्वन्द्व कम भएको उपभोक्ता समितिका सचिव चन्द्रबहादुर घिमिरेले बताए । खानेपानी वितरणलाई व्यवस्थित बनाउन प्रत्येक धारामा मिटर जडान गरिएको छ । आयोजनाको दिगो व्यवस्थापनका लागि महसुल निर्धारण गर्ने र एकजना कर्मचारी नियुक्त गर्ने तयारी भएको सचिव घिमिरेले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ०५ बजे

क्यान्सरको औषधी सहजताका लागि तोकियो फार्मेसी, नेपालगन्जमा जानकी, भरतपुरमा राजदूत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका