२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

गड्डाचौकी नाकामा आवागमन सहज बनाउन माग



कञ्चनपुर । गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन् । जिल्ला होटल व्यवसायी सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन् ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले नाकामा जाँचका नाममा हुने सास्तीले पर्यटक आउन छाडेको बताए। “पाँच किलोमिटरको दूरीमा नौ स्थानमा जाँच हुन्छ यसले यो नाकाबाट आउन पर्यटकलाई असहज भएको छ”, उनले भने।

नाकामा हुने अनावश्यक जाँचले गड्डाचौकी भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको होटल व्यवसायी बताउँछन् । नाकामा एकीकृत सुरक्षा जाँच गरेर यसको समाधान गर्नुपर्ने व्यवसायीहरूको माग छ । “नाकामा पर्यटकलाई सहज रूपमा आवतजावतको वातावरण सिर्जना हुनुपर्छ ।” होटल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले भने, “सरकारले एकीकृत सुरक्षा जाँच गरेर नाकामा सहज आवागमनको व्यवस्था गर्नुुपर्छ ।”

सुरक्षा निकायले भने सीमा नाकामा हुने जाँचका कारण कुनै समस्या नभएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले सुरक्षा, लागुऔषध कारोबार नियन्त्रणलगायत अपराध नियन्त्रण गर्न नाकामा जाँच गर्ने बताए। “प्रहरीको जाँचले कसैलाई पनि बाधा पुगेको छैन”, उनले भने, “नाकाबाट अवैध रूपमा आउने सामान नियन्त्रण गर्न प्रहरी सक्रिय भएर छ, विगतको तुलनामा राजस्व वृद्धि भएको छ ।”

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले नाकामा एकीकृत सुरक्षा जाँच हुनुपर्ने बताए । “नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकाबाट महेन्द्रनगरसम्म पुग्दा नौ ठाउँमा जाँच गर्छन्”, रावलले भने, “अनावश्यक दुःख दिने किसिमले पाँच किलोमिटरको दूरीमा नौ ठाउँमा जाँच हुनुले राम्रो सन्देश गएन ।”

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : २० बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक