७ आश्विन २०८३, बुधबार | September 23, 2026

लोकगायक जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



झापा । लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन । कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गदैँ प्रधानमन्त्री ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त गरेका हुन ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जोशी अरूका लागि आदरणीय सङ्गीतकार र गायक रहेको उल्लेख गरे । “हामी दुवै दमकवासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र अनि दाइ, सबै हुनुहुन्थ्यो”, उनले ‘फेसबुक पेज’मा लेखेका छन ।

स्थानीय शोक बिदा

त्यसैगरी, जोशी (एलपी) को निधनमा आज दमक नगरपालिकाले आधा दिन स्थानीय शोक बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना प्रकाशित गर्दै स्व जोशीको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै आज दिउँसो १ बजेपश्चात् दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा (दमक अस्पतालबाहेक) शोक बिदा दिइएको जानकारी दिए । शोक विज्ञप्तिमा स्व जोशीले गीतसङ्गीत, साहित्य, खेलकुद तथा कलाकर्मीका रुपमा दमक मात्र नभएर सिङ्गो देशका लागि पु(याएको योगदान स्मरणीय रहने उल्लेख छ ।

दमक-१ निवासी स्व जोशीको ८८ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो । उनको पार्थिव शरीर आज दिउँसो कन्काई नदी किनारमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनले गाएको ‘रिटिङ रिटिङ नबजाऊ विनायो’, ‘वल्लो खोलो, पल्लो खोलो, कमिलाको गोलो भनेर हौ रानाज्यू’ लगायतका दर्जनौँ गीत चर्चित छन् । उनी विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरुबाट सम्मानित थिए ।

स्व जोशीका श्रीमती बिन्दा, छोरा पूजनको निधन भइसकेको छ । हाल छोरा मिलनसहित बुहारी, नाति नातिनीसँग बस्दै आएका थिए । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन आज बिहानदेखि दमक नगरपालिका परिसरमा राखिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : २१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज