१८ माघ २०८२, आइतबार | February 1, 2026

नेप्सेमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, आइतबार ११३ अंकको वृद्धि



काठमाडौं । नेप्से परिसूचक ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१।५६ को विन्दुमा पुगेको छ

मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा शुरुमा २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार अवरुद्ध थियो ।

नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भएको छ ।

आज ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री भएको छ ।

आज बैंकहरुको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआइएमबी, सानिमा, एनएमबी, प्रभु, ग्लोबल आइएमइ, सिटिजन, प्राइम, कृषि विकास बैंक र नेपाल बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ उपकार लघु वित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी गणपति लघुवित्तको शेयर मुल्य ९.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा पनि कुमारी बैंकको १७ लाख ६ हजार ५८२ कित्ता शेयर किनबेच भएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ३ : १७ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३