२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा



काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् ।

जसमा जापान ४ स्वर्ण, २ रजत र एक काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियाले ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ काश्य पदक जितेको छ भने आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ काश्य पदक जितेको छ । त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, र रजत र एक काश्य पदक जितेको छ भने  चीनले ३ स्वर्ण, एक रजत र एक काश्य पदक जितेको छ ।

अहिलेसम्म इटाली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले स्वर्ण पदक जितेका छन् ।  त्यस्तै ग्रेट ब्रिटेन, ब्राजिल, क्यानडा, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, स्विडेन, इजिप्ट, स्पेनब, हंगेरी, भारत, मोलडोभा, मेक्सिको र दक्षिण अफ्रीकाले ओलम्पिक पदक जितेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : ३० बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा