२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

हनुमन्तेमा बाढी : मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित लाखौँको क्षति



भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त रहे ।

भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाएभने कयौँका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् त्यहा लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् ।

सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ । सडकबाट भेल बगेपछि बाटामात्र बन्द भएका छैनन् यहाँका विद्यालयहरु बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ ।

बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीइले ५०जनाभन्दा बढीको उद्धार गरेका आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिए । उनले रातिदेखिनै भक्तपुर अस्तव्यस्त भएको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : ५७ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै