११ पुस २०८२, शुक्रबार | December 26, 2025

पूर्वपश्चिम राजमार्गको बेलगाछि पुलमा क्षति



रौतहट । वर्षासंगै आएको पानीको भेलले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास भन्दा करीब २ किलोमीटर पश्चिमस्थित बेलगाछि पुल क्षति ग्रस्त हुँदा यातायात प्रभावित भएको छ ।

पूर्वपश्चिम महेद्र राजमार्ग अतर्गत टूटेश्वर महादेव जाने बाटो छेउ बेलगाछी पुल आज बिहान ३ बजे बाढीबाट  पूर्ण रूपले छती भएपछि  आवागमन प्रभावित भयेको हो । पुल क्षतिग्रस्त हुँदा पूर्व पश्चिम जाने दर्जनौं मालबाहक तथा यात्रु वाहक गाड़ीहरु बिहानै देखि जाममा परेको थियो ।

प्रहरीले वैकल्पिक बाटो प्रयोग गरेर रोकिएको गाडिहरु पास गराएको छ । सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले पुल बिहान ३ बजेतीर पानीको भेलले क्षतिग्रस्त हुँदा केही घन्टा यातायातमा कठिनाई भएको बताएका छन् ।

अहिले प्रहरीले पूर्वपश्चिमबाट आउने गाडीहरुलाई लालबन्दीबाट रूट बदलेर हुलाकी राजमार्ग हुदै पठाएको छ एसएसपी ओलीले बताएका छन । क्षतिग्रस्त पुल मर्मतको काम द्रुतगतिमा चलिरहेकाले केही समय पछि सञ्चालन हुने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : २३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र