२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सिमलताल बस दुर्घटना : बेपत्ता बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्दै सरकार



काठमाडौं । गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गरिने भएको छ ।

बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

दुई बसमा ६५ यात्रु रहेकोमा ३ जनाले आफ्नो ज्यान बचाएका थिए भने अहिलेसम्म २४ जनाको शव फेला परेको छ । त्यस्तै ३८ जनाको अवस्था अहिले पनि अज्ञात रहेको छ ।

यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  २ : ३९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले