२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

खडेरीको कहर चिर्दै बाँके र बर्दियाका धेरै स्थानमा भारी वर्षा



नेपालगन्ज । झण्डै १ महिनादेखि खडेरीको कहर सहँदै आएको बाँके र बर्दियामा आज भने भारी वर्षा भएको छ । आज बिहान ९ बजेपछि सुरु भएको करिव ३ घण्टा भएको भारी वर्षले यस क्षेत्रका किसानहरुले राहत पाएका छन् । बिउ तयार भएपनि धान रोप्न नपाएका किसानहरुले पानी परेसँगै धमाधम धान रोप्न सुरु गरेका छन् ।

यता ३ घण्टाको भारी वर्षाले नेपालगन्जको अधिकांस स्थानमा डुबान भएको छ । नेपालगन्ज उपमहानगरको सेतुबिक चोक, घरबारीटोल लगायतको क्षेत्रमा डुबान भएपछि घर र पसलहरुमा भेल पसेको स्थानीय व्यापारीहरुले बताएका छन् ।

पछिल्लो ३ घण्टामा बर्दिया जिल्लाको गुलरिया, रम्भापुर र बाँके जिल्लाको खजुरा, नेपालगन्ज लगायतको क्षेत्रमा भारी बर्षा मापन भएको बर्षामापन केन्द्रले जनाएको छ । केन्द्रले १ घण्टाको अवधिमा बाँकेको खजुरा क्षेत्रमा मात्र १५७ मिलिमिटर पानी परेको जनाएको छ ।

सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, नदीहरुको तटीय क्षेत्र र डुबान भइरहने होचा भू(भागहरूमा रहनुहुनेहरू साँझ सम्मै उच्च सतर्कता अपनाउन मापन केन्द्रले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ४ : ०३ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट