१३ पुस २०८२, आइतबार | December 29, 2025

समयमा नै ग्रावल उत्खनन् नहुँदा पूर्व-पश्चिम राजमार्गको बेलागाछी पुल क्षतिग्रस्त



महोत्तरी । समयमा नै ग्रावल उत्खनन् हुन् नसक्दा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बेलागाछी पुल बाढीका कारण क्षतिग्रस्त भएको छ ।

गएराति आएको अविरल बर्षाका कारण क्षतिग्रस्त भएको उक्त पुलबाट आवतजावत गर्न कठिनायी बनेपछि ठुला मालवाहक गाडी र यात्रुवाहक बस सडकमा नै रोकेर राखिएको छ ।

बर्दिवास बजारवाट ७ किलोमिटर पश्चिममा रहेको उक्त पुल बाढीले बीच भागबाट क्षति पुर्र्याएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार अहिले हलुका गाडी र मोटरसाइकललाई स्काभेटरको माध्यमले ओहोरदोहोर गराइएको छ भने ठुला गाडी र यात्रुवाहक बसलाई बैकल्पिक सडक वनाएर राजमार्गमा रहेको जाम केही समयमा नै खोलिने छ ।

बाढीले ल्याएको ग्रावल पुलसम्म नै आईपुग्दा क्षति पुगेको स्थानीयहरुले वताए । ‘हामीले पुलसम्म आईपुगेको ग्रावल उत्त्खनन गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थियौ तर यसमा कुनै चासो नदेखाएपछि आज यो क्षति भयो ।’ स्थानीय युवा शैलेशमणि दाहालले भने, ‘विपद अवस्थालाई मध्यनजर गरेर ग्रावल उत्त्खननमा जोड नदिए अन्य धेरै ठाँउका पुल जोखिममा छन ।’

अहिले काठमाण्डौ, हेटौडा, वीरगञ्ज लगायतका ठाँउहरुमा जाने सवारीसाधन बीच बाटोमा नै रोकिएर बसेका छन । तर यात्रुहरुको मर्कालाई मध्यनजर गर्दै वैकल्पिक सडकको माध्यमवाट आवतजावतमा सहजीकरण काम भईरहेको इलाका प्रहरी कार्य बर्दिवासका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ५ : २७ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र