३ पुस २०८२, बिहिबार | December 19, 2025

लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्दैन : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ुसुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकताु विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए ।

‘फाइल खोल्ने भन्या के हो ?  मुद्दा चलाउने भन्या होला नी, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ ?, रहरमा मुद्दा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ भन्ने मेरो आग्रह छ ।’, उनेल भने, ‘कुनै मुद्दा चलेको छ भने छटुन् पनि कानून बमोजिम छुट्छ । भन्ने मेरो आधारभुत मान्यता हो ।’

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाई थियो । ‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रद्धिवतदा व्यक्त गर्दछु ‘, उनले भने, ‘समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’

त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए ।

‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिले काँही सामान्यतया अवधी तोकेको हुन्छ । तर कहिले काही अवधी भन्दा पहिले पनि हुन्छ ।’, मन्त्री लेखकले भने,  ‘जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो, र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नी, प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’ उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रह समेत गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : १९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको