२० मंसिर २०८२, शनिबार | December 6, 2025

बिना भन्सार भारतबाट नेपालगन्ज भित्रिएको बोलेरो भरीको सामान प्रहरीबाट बरामद



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज भन्सार पार गरेर नेपालगन्ज बसपार्क पुर्याइएको ठूलो मात्रामा चिनी र खाने तेल बरामद गरेको छ । बोलेरो गाडीमा लोड गरिएको एक हजार ६ सय किलो चिनी र ८४ पेटी खाने तेलसहित बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

लु १ च ६९७० नम्बरको बोलेरो गाडीमा अवैध रुपमा ल्याइएको चिनी र तेल भेटिएपछि प्रहरीले गाडी, चालक भीमबहादुर डिसी, चिनी र तेल भन्सार कार्यालय, नेपालगन्ज मा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चिनि १ हजार ६०० के.जि. प्रति के.जि. ६० को दरले मुल्य रु.९६ हजार, भारतीय स्वाड ब्राण्डको खाने तेल ८४ पेटी प्रति पेटी १ हजार ४०० को दरले मुल्य रु. १ लाख ७ हजार ६०० र लु १ च ६९७० नम्बरको अन्दाजी मुल्य रु ७ लाख पर्ने बोलेरो गाडी गरी अन्दाजी मुल्य जम्मा रू ९ लाख १३ हजार ६०० बराबरको सामान भन्सारमा बुझाइएको हो ।

नेपालगन्जको बसपार्क नजिकबाट बिहान उक्त सामान प्रहरीले बरामद गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ६ : ३७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय