२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

कक्षा १२ को नतिजा सार्वजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् ।

आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्बजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्बजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केहि समय लाग्ने बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १२ : ४८ बजे

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित