२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो



काठमाडौं ।  ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको थियो ।

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाउने गरिन्छ ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ ।यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ ।

करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ । विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : २२ बजे

एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका आचार्य विजयी

घोराही । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार