२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन । नेकपा समाजवादी काठमाडौं महानगर कमिटीद्वारा कामपा-१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उहाँले लोकतन्त्र,संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भने ।

उनले भने, “आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ । आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकायलाई बलियो बनाउनुपर्छ । सो अवसरमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गरेकालाई स्वागतसमेत गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ५८ बजे

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक

चितवन मेडिकल कलेजले काठमाडौं र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानि काठमाडौंको तीनकुने

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको

आज तेस्रो प्रदेश भाषा दिवस, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस