२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लायन्स रिजन ७ अन्तरगतका क्लबहरु बीच इन्डक्सन एण्ड जोइन्ट इन्स्टलेशन



बुटवल । लायन्स एरिया ३ रिजन ७ अन्तरगत जोन १६ र १७ का क्लबहरु बीच आइतबार एक समारोह बीच इन्डक्सन एण्ड जोइन्ट इन्स्टलेशन सम्पन्न भएको छ । सो अवसरमा शुभकामना व्यक्त गर्दै डिस्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सामाजिक र मानवीय भावका साथ काम गर्न क्लब तथा क्लबका सदस्यहरुलाई आग्रह गरे ।

आपसी सद्भाव र सहकार्यलेनै सफलता प्राप्त गर्न सकिने बताउँदै उनले सामुहिक एकतामा जोड दिए । कार्यक्रममा फस्ट लेडी लक्ष्मी थैव प्रधानाङ्गको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा मल्टिपल डिष्ट्रिक मार्केट कोअर्डिनेटर अरुणप्रताप राणा, जीएमटी कोर्डिनेटर दिपक कुमार श्रेष्ठ लगायतले बोल्दै लायन्स क्लबमा थप सदस्यहरुलाई आवद्धता दिलाउन जोड दिएका थिए । वर्षभरीनै रचनात्मक क्रियाकलाप गरेर क्रियाशिल हुनुका साथै सदस्यहरुको सङ्ख्या र क्लबको सङ्ख्या समेत वृद्धि गर्दै जानुपर्नेमा उनीहरुले जोड दिए ।

जोन १६ अन्तरगत लायन्स क्लब अफ बुटवल क्षितिज, लायन्स क्लब अफ तिलोत्तमा, लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योती र लायन्स क्लब अफ बुटवल विपना एक्सलेन्स गरी ४ वटा क्लब रहेका छन् भने जोन १७ अन्तरगत लायन्स क्लब अफ बुटवल फूलबारी, लायन्स क्लब अफ लुम्बिनी इन्जिनीयर्स र लायन्स क्लब अफ बुटवल सनराइज गरी ३ वटा क्लब रहेका छन् ।

रिजन ७ का चेयर पर्सन वैकुण्ठ श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जोन १६ का चेयर पर्सन राजिव श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बुटवल फूलबारीका अध्यक्ष महेन्द्रकुमार भारीले गरेका थिए । विभिन्न क्लबमा १० जना नयाँ सदस्यहरुलाई आवद्धता दिलाइएको कार्यक्रममा क्लब अध्यक्षहरुको तर्फबाट बोल्दै लायन्स क्लब अफ बुटवल क्षितिजका आविष्कार खनालले नयाँ सदस्यहरुलाई स्वागत गरे ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : २४ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम