२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

तेस्रो मुलुकका पर्यटकलाई गड्डाचौकी नाकाबाट भारत प्रवेश खुला



कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत प्रवेशका लागि तेस्रो मुलुकका पर्यटकलाई खुला गरिएको छ । कोरोना सङ्क्रमणका बेला भारतले तेस्रो मुलुकका नागरिकलाई गड्डाचौकी नाकाबाट प्रवेशमा रोक लगाएको थियो ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत मङ्गलबारदेखि सीमावर्ती बजार वनबासमा रहेको अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई यो नाकाबाट प्रवेश अनुमति दिएको हो । यसअघि यो नाकाबाट विदेशी पर्यटक नेपाल भित्रिन मात्रै सक्थे भने यही नाकाबाट फर्किन पाउँदैनथे । आवागमन खुला भएपछि सात जना पर्यटक यो नाका भएर भारत प्रवेश गरेको अध्यगमन कार्यालय गड्डाचौकीका प्रमुख पदमराज भट्टले जानकारी दिए ।

“भारतको उत्तराखण्डका विभिन्न पर्यटकीयस्थलमा पुग्ने तेस्रो मुलुकका पर्यटक नेपालमा पनि घुम्न आउँछन्,” भट्टले भने, “कोरोनापछि भारतले यो नाकाबाट बाहिरिन दिने तर भित्रिन नदिने गरेका कारण तेस्रो मुलुकका पर्यटक नेपाल आउन बन्द भयो ।”

भारतीय अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई आगमन अनुमति दिन थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साही भएका छन् । “नजिकको दुरीमा रहेका ऋषिकेश, बद्रीनाथ र केदारनाथलगायत पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटक नेपालमा पनि आउँछन् ।” यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने, “यो हाम्रा लागि खुसीको कुरा हो । अब पक्कै पनि यहाँ आउने तेस्रो मुलुकका पर्यटक बढ्ने छन् ।” यसअघि भारतले भैरहवा नाकाबाट मात्रै विदेशी पर्यटकलाई प्रवेश अनुमति दिएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ४७ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक