११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

सार्कलाई नवजीवन दिनुपर्नेमा पाकिस्तानी राजदूतको जोड



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले दक्षिण एसियाको समृद्धिका निम्ति दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई नवजीवन दिनुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा उनले आपसी एकता र सहयोग कायम गर्दै क्षेत्रीय सहयोगको माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ स्थापना भएको सार्कलाई निष्क्रिय बनाउन नहुने बताए ।

सार्कको लक्ष्य र उद्देश्य दक्षिण एसियामा शान्ति स्थापना, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक क्षेत्रमा आपसमा सहयोग आदानप्रदान गर्नु हो भन्दै राजदूत हास्मीले जलस्रोत, ऊर्जा, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, कृषि, स्वास्थ्य, वातावरण, खाद्य सुरक्षाजस्ता दक्षिण एसियाका जनताका विषयलाई सार्कले सम्बोधन गर्दै आएको बताए ।

दक्षिण एसियाको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकास, आपसी विश्वास र समझदारी विस्तार, साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरू सहयोग सुदृढ गर्ने तथा समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनसँगको साझेदारीबाट सार्कलाई गतिशील बनाउन सकिने उनले बताए ।

सन् २०१६ को नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको सार्कको १९ औँ शिखर सम्मेलन आजसम्म हुन नसकेकामा चिन्ता व्यक्त गर्दै राजदूत हास्मीले सम्मेलन आयोजना गर्न आफ्नो देश तयार रहेको बताए ।

“अध्यक्ष राष्ट्र नेपालले सम्मेलन आयोजना गर्ने जानकारी दिएको दुई महिनामा हामी सम्पूर्ण तयारी पूरा गरेर सफलतापूर्वक शिखर बैठक सम्पन्न गर्नेछौँ”, उनले भने ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : ३९ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने