६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सार्कलाई नवजीवन दिनुपर्नेमा पाकिस्तानी राजदूतको जोड



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले दक्षिण एसियाको समृद्धिका निम्ति दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई नवजीवन दिनुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा उनले आपसी एकता र सहयोग कायम गर्दै क्षेत्रीय सहयोगको माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ स्थापना भएको सार्कलाई निष्क्रिय बनाउन नहुने बताए ।

सार्कको लक्ष्य र उद्देश्य दक्षिण एसियामा शान्ति स्थापना, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक क्षेत्रमा आपसमा सहयोग आदानप्रदान गर्नु हो भन्दै राजदूत हास्मीले जलस्रोत, ऊर्जा, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, कृषि, स्वास्थ्य, वातावरण, खाद्य सुरक्षाजस्ता दक्षिण एसियाका जनताका विषयलाई सार्कले सम्बोधन गर्दै आएको बताए ।

दक्षिण एसियाको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकास, आपसी विश्वास र समझदारी विस्तार, साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरू सहयोग सुदृढ गर्ने तथा समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनसँगको साझेदारीबाट सार्कलाई गतिशील बनाउन सकिने उनले बताए ।

सन् २०१६ को नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको सार्कको १९ औँ शिखर सम्मेलन आजसम्म हुन नसकेकामा चिन्ता व्यक्त गर्दै राजदूत हास्मीले सम्मेलन आयोजना गर्न आफ्नो देश तयार रहेको बताए ।

“अध्यक्ष राष्ट्र नेपालले सम्मेलन आयोजना गर्ने जानकारी दिएको दुई महिनामा हामी सम्पूर्ण तयारी पूरा गरेर सफलतापूर्वक शिखर बैठक सम्पन्न गर्नेछौँ”, उनले भने ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : ३९ बजे

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल