२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा



काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् ।

जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १३ स्वर्णसहित १२ रजत र ८ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १३ रजत र १७ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १० स्वर्णसहित ५ रजत र ११ काश्य पदक जितेको छ ।

त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ६ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ७ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ७ स्वर्ण, ५ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ५ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ ।

त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर,  स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, क्युबा, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ७ : ३६ बजे

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले