२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

गृहको कार्यसम्पादनमा लुम्बिनी प्रदेशको अग्रता, रुपन्देही प्रशासन बन्यो देशकै उत्कृष्ट जिल्ला प्रशासन



बुटवल । गृहमन्त्रालयको कार्यसम्पादन मुल्याँकनमा लुम्बिनी प्रदेशले अग्रता लिएको छ । प्रदेशका ४ वटा जिल्ला मन्त्रालयको कार्यसम्पादन मुल्याँकनको उत्कृष्ट १० भित्र पर्न सफल भएको छ भने नेपालका ७७ वटै जिल्लामा रुपन्देहीले प्रथम स्थान हासिल गरेको छ । गृहमन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देही जिम्मेवारी पूरा गरेर देशकै उत्कृष्ट बनेको हो ।

गृह मन्त्रालय र देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय बीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले रुपन्देही जिल्ला प्रथम भएको भने लुम्बिनी प्रदेशकै जिल्ला प्रशासन कार्यालय पाल्पाले दोश्रो स्थान पाएको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारी बीच आर्थिक वर्ष २०८०/०८१ का लागि भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक पाएको छ । त्यसैगरी दोश्रो बनेको जिल्ला प्रशासन कार्यालय पाल्पाले ९७.७५ अंक ल्याएको छ । त्यसैगरि छैटौं स्थानमा लुम्बिनी प्रदेशकै जिल्ला प्रशासन कार्यालय गुल्मी आएको छ भने आठौं स्थानमा जिल्ला प्रशासन कार्यालय रोल्पा बन्न सफल भएको छ । कार्यसम्पादनमा गुल्मीले ९७ अङ्क र रोल्पाले ९६.७५ अङ्क प्राप्त गरेको छ ।

उता तेश्रो बनेको जिल्ला प्रशासन कार्यालय बागलुङले ९७.६२ अंक प्राप्त गरेको छ भने चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले ९७.५ अंक ल्याएको छ । पाँचौंमा मकवानपुर र पर्वतले ९७.३७ अंक ल्याएका छन् । पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा सातौंमा तेह्रथुम, आठौंमा रोल्पा, नवौंमा सोलुखुम्बु र १० औं नम्बरमा डडेलधुराले क्रमशः ९६.८७, ९६.७५, ९६.५६ र ९६.४३अंक ल्याएका छन । पहिलो अंक प्राप्त गर्ने रुपन्देही जिल्ला प्रशासन कार्यालयको नेतृत्व प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरिरहेका छन् ।

१०० अंकको सूचकाङ्कलाई आधार मानेर मन्त्रालयले निरन्तर मुल्याँकन गर्ने र त्यससँगै जिल्लामा भए गरेका नविनतम कार्यको समेत मुल्याँकनका आधारमा नतिजा निकालिने सर्बोकृष्ट प्रशासकमा परेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनले पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनका आधारमा वार्षिक अंक जोडेर कार्यसम्पादनको मुल्याँकन हुने र त्यसै आधारमा रुपन्देहीले प्रथम स्थान हासिल गरेको बताए ।

रुपन्देहीमा विशेषत व्यक्तिहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याउने, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लड मनी जुटाउनेसम्मका कार्य गर्न रुपन्देही प्रशासनले सक्रियता देखाएको थियो ।

यो उपलब्धीको श्रेय केन्द्रको नीति निर्देशन अनुसार कार्यसम्पादनमा खट्ने सबैप्रति जाने उनले बताए । टीमवर्कमा काम गरे सकारात्मक परिणाम दिन सकिने उदाहरण रुपन्देहीले पेश गरेको प्रजिअ अर्यालको भनाई छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : २२ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका