२१ मंसिर २०८२, आइतबार | December 7, 2025

हसिनाकी छोरी भन्छिन्- दुःखद घडीमा आमालाई अंगालो हाल्न पनि सकिन



काठमाडौं । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गरेकी छिन् ।

हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा पोष्ट गर्दै यस दुःखद घडीमा आफ्नी आमालाई अँगालो हाल्न पनि नसकेको उल्लेख गरेकी हुन् । शेख हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यसप्रति दुःख व्यक्त गरेकी छन् ।

साइमा वाजेदले लेखेकी छिन्- ‘मैले माया गर्ने मेरो देशमा मानिहरुले ज्यान गुमाउनु पर्दा म दुखी छु । यो कठिन समयमा आमालाई भेट्न र अँगालो हाल्न नसक्दा म अत्यन्तै दुखी छु । म विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा मेरो जिम्मेवारीप्रति प्रतिबद्ध छु ।’

बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक प्रदर्शनका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेकी छन् र उनी अहिले भारतमा छिन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ११ : २४ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा