२३ भदौ २०८३, मंगलबार | September 8, 2026

स्रोत नखुलेको २४ लाख रकम सहित नेपालगन्ज विमानस्थलबाट ५ भारतीय पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख नगद रकम सहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उड्नका लागि तयारी अवस्थामा रहेका ५ जना भारतीय नागरिकलाई नेपालगन्ज २० राँझा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा, जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश भारत बस्ने वर्ष ४४ को प्रकाश नारायण गुप्ता, सोही ठाउँका वर्ष ४३ को अजय मिश्रा, वर्ष ४५ को आषिश गुप्ता, वर्ष ३९ को पंकज जैसवाल र वर्ष ४६ को बिमल गुप्ता रहेका छन् ।

विमानस्थलमा चेकजाँच गर्ने क्रममा निजहरुको साथमा २४ लाख स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। बरामद रकम हुण्डी कारोबरको भएको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेकाहरुलाई हुण्डी कारोबार सम्बन्धी कसूरमा बाँके जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ६ : १७ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३