२९ मंसिर २०८२, सोमबार | December 15, 2025

स्रोत नखुलेको २४ लाख रकम सहित नेपालगन्ज विमानस्थलबाट ५ भारतीय पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख नगद रकम सहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उड्नका लागि तयारी अवस्थामा रहेका ५ जना भारतीय नागरिकलाई नेपालगन्ज २० राँझा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा, जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश भारत बस्ने वर्ष ४४ को प्रकाश नारायण गुप्ता, सोही ठाउँका वर्ष ४३ को अजय मिश्रा, वर्ष ४५ को आषिश गुप्ता, वर्ष ३९ को पंकज जैसवाल र वर्ष ४६ को बिमल गुप्ता रहेका छन् ।

विमानस्थलमा चेकजाँच गर्ने क्रममा निजहरुको साथमा २४ लाख स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। बरामद रकम हुण्डी कारोबरको भएको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेकाहरुलाई हुण्डी कारोबार सम्बन्धी कसूरमा बाँके जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ६ : १७ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष