२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

तालाबन्दीप्रति बौद्ध सङ्घसंस्थाको विमति



काठमाडौं । धर्मोदय सभा र अन्य बौद्ध सङ्घसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दैे त्यसप्रति विरोध जनाएका छन् ।

लुम्बिनी नगर क्षेत्रका स्थानीय बासिन्दासहित केही समूहले प्रस्तुत गरेका मागप्रति विमति जनाउँदै सभाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, “लुम्बिनी विकास कोषसामु प्रस्तुत माग सकारात्मक भए पनि कोष गठन ऐन कानुन बमोजिम हुने तथा कोष स्थानीयलाई जिम्मा दिनु पर्ने माग जायज ठहर्न सक्दैन । मापदण्डअनुसार योग्यता पुगेकालाई स्थान दिनुपर्ने विषयलाई मागपत्रमै लेखिनुले शङ्का उब्जाएको छ ।”

अखिल नेपाल भिक्षु महासङ्घ, नेपाल बौद्ध महासङ्घ, नेपाल परम्परागत बौद्धधर्म सङ्घ, लोटस रिसर्च सेन्टर तथा नेपाल मगर बौद्ध सेवा समाजले मायादेवी मन्दिरमा पूजापाठ गर्ने पुजारी नियुक्त गर्नुपर्ने मागप्रति असहमति जनाएका हुन् । यी संस्थाले लुम्बिनीको महत्व र संवेदनशीलतालाई दृष्टिगत यो विश्व सम्पदा क्षेत्रमा अशान्ति हुने कुनै किसिमका गतिविधि नगर्न सम्बन्धित सबैसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १ : ११ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा