३१ असार २०८२, मंगलबार | July 15, 2025

नेपालगन्जमा मनाइयो फोनिजको २५ औं स्थापना दिवस



नेपालगन्ज । फोनिजको अभियान, संचारमा पहिचान भन्ने मुल नाराका साथ नेपालगन्जमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस मनाईएको छ । फोनिज लुम्बिनी प्रदेश समिति र बाँके शाखाको सयुक्त आयोजनामा २५ औं स्थापना दिवस मनाईएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारुको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले गरे । सो अवसरमा बोल्दै चौलागाईले संचार क्षेत्रमा आदिवासी जनजातिहरुको भुमिका अतुलनिय रहेको बताए । उनले आफ्नो पहिचानलाई जिवन्त राख्न आस्थागत पत्रकारहरुको भुमिका अपरिहार्य रहेको बताउँदै आफ्नो पहिचानलाई जोगाउन आफ्नै समुदायको योगदान रहने भएको हुनाले पहिचानलाई बचाउन र टिकाई राख्न सम्पुर्ण आस्थागत संगठनसंग समन्वयको खाँचा रहेको बताए ।

फोनिजले अझ आफ्नो सदस्यहरुलाई उत्प्रेरणा दिन वा टिकाई राख्न विभिन्न खाले कार्यक्रमको आयोजना गरिनुपर्ने उनले धारणा राखे ।

फोनिज लुम्बिनी प्रदेश समितिका अध्यक्ष गजेन्द्र गुरुङले आदिवासी जनजातिहरुको पहिचान, रहनसहन संस्कृति अन्य समुदाय भन्दा फरक रहेको भन्दै यसलाई जोगाई राख्न ८ वटा समुदायका आदिवासी जनजातिहरु एकतावद्ध हुन आवश्यक रहेको बताए । उनले लुम्बिनी प्रदेशमा आदिवासी जनजाति पत्रकारको संख्या अन्य समुदायको भन्दा बढि रहेको हुनाले नेपाल पत्रकार महासंघमा प्रतिनिधित्व कायम गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यवाहक अध्यक्ष संगिन शर्माले नेपालमा छरिएर रहेका विभिन्न जातका समुदायले पनि आफ्नो समुदायको प्रथामिकताका साथ प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा राखे । कार्यवाहक अध्यक्ष शर्माले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका लागि फोनिजले पनि अतुलनिय भुमिका खेल्न आवश्यक रहेको बताए ।

२५ औं स्थापना दिवस कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य आरिफ अन्सारी, नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्मर थापा, नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक महराई मगर, कोषाध्यक्ष विर बहादुर राना मगर, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, समाजवादी पत्रकार संगठनका अध्यक्ष लोकनाथ शर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेललगायतले २५ औं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

फोनिज बाँकेका सदस्य ममता थापाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य फोनिज बाँकेका सहसचिव सुमन गिरी श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकार लगायत आदिवासी जनजातिसंग जोडिएका संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ४५ बजे

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय

गायक रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

बारा । वरिष्ठ गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित