२५ श्रावण २०८३, सोमबार | August 10, 2026

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस



काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन यहाँ प्रारम्भ भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित त्रिदिवसीय सम्मेलनको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उद्घाटन गरिन् ।

सम्मेलनमा विभिन्न राजनीतिक दलका सङ्घीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ तथा सार्क जर्नालिष्ट फोरमका प्रतिनिधिसहित स्वदेशका ३०० तथा भारत, बङ्गलादेशलगायत मुलुकका ३५ पत्रकार सहभागी छन् ।

सम्मेलनमा ‘आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान, वनसँगको सम्बन्ध’, ‘सरकारी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिता र निजी मिडियाको अवस्था’, ‘मातृभाषा पत्रकारिता, जलवायु परिवर्तन, वन व्यवस्थापन, राज्यका नीति, अभ्यास र आदिवासी समुदाय’ लगायतका विषयमा विषयविज्ञ तथा पत्रकारबीच छलफल हुनेछ । सम्मेलनमा २७ मुलुकका पत्रकार श्रव्यदृश्यका माध्यमबाट पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : ४३ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका