८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो (फोटो फिचरसहित)



काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : २९ बजे

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा

सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस

आइतबारभित्र अनुसन्धान नसके दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म,

अमेरिकामाथि नेपालको लगातार दोस्रो शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि लगातार दोस्रो

प्रथम खजुरा गोल्डकपबाट ३ लाख बढी रकम बचत, गाँउभेला गरेर हिसाव सार्वजनिक

खजुरा । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाँउपालिकाको

कास्की अदालतबाट रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ताको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति