२१ मंसिर २०८२, आइतबार | December 7, 2025

साउने सोमबारको दर्शनमा भागदौंड मच्चिदाँ विहारमा ७ जनाको मृत्यु, ३५ जना घाइते



पटना । विहारको जेहानाबादस्थित बाबा सिद्धेश्वरनाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् ।

यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भीड लाग्ने गर्दछ । भागदौड राति भएको हो । दुर्घटनाको जानकारी दिँदै घाइतेहरुलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जेहानाबादका प्रहरी निरीक्षकले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् जबकि ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ । भागदौडमा आफ्नी एक महिला आफन्तको मृत्यु भएको एक व्यक्तिले बताएका छन् ।

‘प्रशासनको लापरवाहीका कारण यस्तो भएको हो । त्यहाँ उपस्थित मानिसहरूले मलाई भने कि प्रशासनले सुरक्षाको लागि राष्ट्रिय क्याडेट कोरका मानिसहरूलाई तैनाथ गरेको थियो र उनीहरूले भक्तहरूमाथि लाठीहरू प्रयोग गरे। जसका कारण मानिसहरु दौडन थालेका थिए भने केही लडेका थिए । यो नितान्त प्रशासनको दोष हो’ उनले भने ।

साउनको समयमा यस मन्दिरमा भक्तजनको ठुलो भीड हुन्छ । यहाँ टाढा टाढाबाट मानिसहरु आउँछन् । आज साउनको सोमबार यहाँ धेरै मानिस पूजा गर्न आएका थिए र यो दुर्घटना भएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : ४० बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा