७ आश्विन २०८३, बुधबार | September 23, 2026

साउने सोमबारको दर्शनमा भागदौंड मच्चिदाँ विहारमा ७ जनाको मृत्यु, ३५ जना घाइते



पटना । विहारको जेहानाबादस्थित बाबा सिद्धेश्वरनाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् ।

यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भीड लाग्ने गर्दछ । भागदौड राति भएको हो । दुर्घटनाको जानकारी दिँदै घाइतेहरुलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जेहानाबादका प्रहरी निरीक्षकले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् जबकि ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ । भागदौडमा आफ्नी एक महिला आफन्तको मृत्यु भएको एक व्यक्तिले बताएका छन् ।

‘प्रशासनको लापरवाहीका कारण यस्तो भएको हो । त्यहाँ उपस्थित मानिसहरूले मलाई भने कि प्रशासनले सुरक्षाको लागि राष्ट्रिय क्याडेट कोरका मानिसहरूलाई तैनाथ गरेको थियो र उनीहरूले भक्तहरूमाथि लाठीहरू प्रयोग गरे। जसका कारण मानिसहरु दौडन थालेका थिए भने केही लडेका थिए । यो नितान्त प्रशासनको दोष हो’ उनले भने ।

साउनको समयमा यस मन्दिरमा भक्तजनको ठुलो भीड हुन्छ । यहाँ टाढा टाढाबाट मानिसहरु आउँछन् । आज साउनको सोमबार यहाँ धेरै मानिस पूजा गर्न आएका थिए र यो दुर्घटना भएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : ४० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज