७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५ औँ जन्मजयन्ती मनाइँदै



काठमाडौं । तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको थियो । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

फलःस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भयो । उनले सधैँ सत्यको वकालतका साथै सादगी जीवनयापन गरे ।जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहे ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ । राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण छ ।

स्वर्गीय नेता कोइरालाको स्मरणमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरिनेछ । संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले बताए ।

विसं २०७३ मा स्थापित फाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, कला, संस्कृति, मानवाधिकार, महिला तथा बालबालिकालगायत सामाजिक लोककल्याणकारी क्षेत्रमा ‘थिङ्कट्याङ्क’का रूपमा कार्य गर्दै आएको छ । स्वर्गीय कोइरालाले जीवनमा पुर्याएको योगदानको सम्झनामा फाउण्डेसनले विभिन्न रचनात्मक कार्यक्रमसमेत गर्दै आएको छ । फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले आजको युगमा कोइरालाजस्ता इमान्दारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको बताए । फाउण्डेसनको संरक्षकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ११ : २१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११