२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

एक लाख बढीले गरे पशुपतिनाथको दर्शन



काठमाडौँ । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले जनाएको छ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले बताए।

भगवान शिवजीको महिना र बार भएकाले पनि साउनको सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो लाग्ने गरेको विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए। थापाका अनुसार आज साउनको अन्तिम सोमबार भएकोले अघिल्ला सोमबारको तुलनामा बढी भक्तजन आएका हुन् ।

“साउनमा पशुपतिनाथमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ,” उहाँले भन्नुभयो, “आज अन्तिम सोमबार भएकोले बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने र भारतबाट आएका भक्तजनका कारण घुइँचो बढेको हो ।”

आज काठमाडौँ उपत्यकाका पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायतका मन्दिरहरुमा महादेवको पूजा आराधना गर्न भक्तजनहरुको भीड लागको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : १६ बजे

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी