२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण



म्याग्दी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका-६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी-जोमसोम-कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।

बेनी-जोमसोम-सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार रु २४ लाख ७० हजार सात सय ५० को लागतमा मन्दिर पुनःनिर्माण भएको हो ।

“मन्दिर पुुनःनिर्माणका लागि रु १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी-जोमसोम-कोरला सडक आयोजनाले हालसम्म रु १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ”, अध्यक्ष गिरीले भने, “रु चार लाख ७४ हजार सात सय सात चन्दा सहयोग, रु एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौँ ।” रु दुई लाख ८० हजार आठ सय ५६ ऋण रहेको मन्दिर पुनःनिर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप रु एक लाख ६७ हजार तीन सय ३९ भुुक्तानी गर्न बाँकी छ ।

अन्नपूर्ण गाउँपालिकाको रु १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख विनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मूर्ति राख्न बाँकी छ । मन्दिरभित्र हिन्दू धर्मावलम्बीहरूका भगवान् रामको मूर्ति राखिसकिएको छ । घेराबार र हनुमानको मूर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताए ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्रसमेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : २२ बजे

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १

जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो जेनजी आन्दोलनबारेको प्रतिवेदन

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको