१५ पुस २०८२, मंगलबार | December 30, 2025

खोटो सङ्कलन वन समूहको मुख्य आम्दानीको स्रोत



दाङ । दाङमा खोटो सङ्कलन सामुदायिक वन समूहको मुख्य आम्दानीको स्रोत बनेको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गरेका छन् ।

वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गरिएको छ । गाउँमा आवश्यक खानेपानी, विद्यालय भवन निर्माण, चौतारा निर्माणलगायतमा खर्च गरिएको बङ्लाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए ।

आर्थिक अभावका कारण समुदायका सदस्यले सामाजिक कार्यमा पैसा उठाउन नसक्ने भएपछि वन समूहबाट सङ्कलन भएको पैसा खर्च गर्ने गरिएको उहाँले जानकारी दिए । उनले भने, “खोटो सङ्कलनबाट भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गर्ने गरेका छौँ ।”सल्लाको खोटो प्रतिकेजी रु एक हजार दुईका दरले बिक्रि हुने गरेको छ ।

एउटा सल्लाको रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने स्थानीय बताउँछन् । वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो सङ्कलन हुने गरेको छ । चिसो मौसममा भने खोटो जमेर कम सङ्कलन हुने गरेकाले बन्द हुने गर्दछ ।

जिल्लामा सल्लाको खोटो सङ्कलनबाट ३२ लाख बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०र८१ मा दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार दुई सय ६९ रुपैया राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए। उनका अनुसार सल्लाको खोटो बिक्रीबाट सङ्कलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय वन समूह र चार लाख ७२ हजार तीन सय ३९ रुपैँया प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।

गतवर्ष जिल्लामा ७८ हजार किलो सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार २७ रुपैँया राजस्व सङ्कलन भएको थियो । खोटोबाट गत वर्षको तुलनामा यसवर्ष तेब्बर राजस्व सङ्कलन भएको छ । गतवर्ष सल्लाको खोटो सङ्कलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्व वृद्धि भएको हो । अघिल्लो वर्ष दश वटा वन समूहबाट खोटो सङ्कलन भए पनि गत आवमा १९ वटा वन समूहबाट खोटो सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : ५० बजे

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन