६ पुस २०८२, आइतबार | December 21, 2025

चर्च ब्वाइजलाई हराउदै पारो समुह चरणमा



काठमाडौं । भुटानको पारो एफसीले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लबलाई परजित गरेको छ । मंगलबार त्रिपुरेश्वरको दशरथ रंगशालामा ९ हजारभन्दा धेरै घरेलु समर्थकमाझ चर्च ब्वाइज पारोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

वर्षाका कारण हिलाम्य भएको मैदानमा लाकेन लिम्बुले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । अर्को मिनेटमा नै पारोले बराबरी गोल फर्कायो ।

गोलकिपर दिप कार्कीले नियन्त्रणमा लिन नसकेपछि किंगाले गोल गर्दै खेल एक-एक को बराबरी गरेका थिए । तर चर्च ब्वाइजले बराबरी पनि जोगाउन सकेन । पारोले दोस्रो हाफमा गोल गर्यो । विलियमले गोल गरेसँगै बनाएको २-१ को अग्रता जोगाउँदै भुटानले जित दर्ता गरेको हो ।

यो जितसँगै पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ । गत वर्ष भएको एएफसी कपको छनोट चरणमा पनि पारोले चर्च ब्वाइजसँग खेलेको थियो । त्यो खेलमा भने चर्च ब्वाइज विजयी भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : ०१ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको