२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भाद्र ४ गते विश्वासको मत लिने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री आचार्यको आग्रह अनुसार लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सचिव दुर्लभ पुन मगरले आज प्रकाशित गरेको सूचनामा भाद्र ४ गते बस्ने चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको जनाइएको छ ।

साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले र कांग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र कांग्रेसका चार जना मन्त्री नियुक्त छन् । सरकारलाई पूर्णता दिनु अघि नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन थालेका हुन् ।

कांग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने पूर्व सहमति भएपनि कांग्रेस भित्रको खचिलो र साना दलहरुको सहभागीताका बारे कुरा नमिलेका कारण मन्त्रिपरिषदले पूर्णता पाएको छैन । विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ५ : ०६ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११