१० बैशाख २०८२, बुधबार | April 23, 2025

दशौँ राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो



काठमाडौं । कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा आज खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुङ्गो लगाएको हो ।

कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामग्री, व्यवस्थपकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागू हुने नीति नियमका बारेमा छलफल गरिएको हो ।

यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य गर्नेसमेत गर्दछ । कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि बनाएको हो । यसैअनुसार बजेटको खाका बनाउनुपर्ने हुँदा कार्यविधिको कामलाई सकिएको राखेपले जनाएको छ ।

आउँदै गरेको १०औँ राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु भइसकेको छ । जसलेगर्दा कार्यविधि पनि तय गरिएको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : ३१ बजे

जम्मु कश्मीरमा हत्या गरिएका बुटवलका सुदीप न्यौपाने प्रति नगर प्रमुख पाण्डेयले गरे शोक व्यक्त

बुटवल । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई)

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल