२६ जेष्ठ २०८३, मंगलबार | June 10, 2026

वातावरण संरक्षणका लागि ९ युवा बने ‘ग्रिन सिफ्ट एम्बेसडर’



काठमाडौं। ईयूको सहयोगमा क्रिएसन नेपालले तीन प्रदेशका ९ जना युवाहरुलाई ‘ग्रीनसिफ्ट एम्बेसडर’ का लागि छनौट गरेका छन् ।

ग्रिन सिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रिन सिफ्ट एम्बेसडर’ छनौट गरिएको हो ।

बागमती प्रदेशबाट ओम न्यौपाने, आकृती सुवेदी र कृशल श्रेष्ठ, त्यस्तै लुम्बिनी प्रदेशबाट अनुशा क्षेत्री, प्रजिना आर्चाय र योगेश डुम्रे चयन भएका छन भने, मधेश प्रदेशबाट सुलभ चौरसिया, सोनाली साह र कैयुम राइन छनौट भएका छन् ।

करिब १ सय भन्दा बढी युवायुवतीहरुले निवेदन दिएका मध्ये ९ जना चयन गरिएको परियोजना प्रमुख युनिश घिमिरे जानकारी दिए ।

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रिन सिफ्ट परियोजनाको भिजन अनुसार दिगो भविष्य निमार्णका लागि योगदान र्पुयाउन युवाहरुको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तिकरण र शिक्षित गर्न ‘ग्रीनसिफ्ट एम्बेसडर’हरुले स्थानीय स्तरमा क्रियाकलापहरु सञ्चालन गर्ने बताए ।

छनौट भएका ‘ग्रिन सिफ्ट एम्बेसडर’ युवाले आ आफनो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् ।

ग्रिन सिफ्ट एम्बेसडर’ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन ।

ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि बागमी, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सन्चालन गरीरहेको छ ।

क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ५ : ०८ बजे

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व

नि:शुल्क शल्यक्रिया गरेर हनुमान महोत्सव

नेपालगन्ज । जेठ महिनाको अन्तिम मंगलवार अर्थात हनुमान महोत्सवको अवसरमा

पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । प्रहरीले आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट

कर हेरफेर र ईभी गाडी आयातमा अनियमितता नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयक संशोधन