८ पुस २०८२, मंगलबार | December 24, 2025

गट्ठाघर दुर्घटना: मृतक पुरुषलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ



काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको मेलुङ गाउँपालिका( ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन् । उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने नखुलेको प्रहरीको भनाइ छ । उनले यसअघि पनि पटक(पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए । मृतक महिला नभएर पुरुष भएको पुष्टि साँझ मात्रै भएको थियो । त्यसपछि प्रहरीले उनलाई खोजेर पक्राउ गरेको हो ।

बिहीबार दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरेको थियो । पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो । घटनामा परी ओखलढुंगाका ६५ वर्षिय उत्तम कोइरालाको निधन भएको पुष्टि भएको छ ।

मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे( ५ लेखिएको सवारी लाइसेन्स फेला परेको थियो । सोही आधारमा खोजी गर्दा उनका आफन्तले आज शवको सनाखत गरेका हुन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : ३० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना