१५ पुस २०८२, मंगलबार | December 30, 2025

सर्वोच्चले मर्यादाक्रमअनुसारको तलवमान दिनु भनी दिएको आदेश कार्यान्वयन असम्भव : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्धन गर्नुपर्ने बताएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आज आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपपण गर्ने संस्थाहरुलाई स्वच्छ र जिम्मेवार तुल्याउन पनि जोड दिए ।

नेपालले न्याय क्षेत्रमा उल्लेख उपलब्धि हासिल गर्दै आएको जनाउँदै उनले दक्षिण एसियामा कानुन र संविधान निर्माणजस्ता विषयमा नेपाल अगाडि नै रहेको बताए । “हामी नेपाली समाजलाई एउटा न्यायसम्मत समाजका रुपमा विकास र सञ्चालन गर्न चाहान्छौँ । सामाजिक सुप्रबन्धका लागि विश्वमा राजनीति, राज्य र कानुनको आविष्कार हुँदै आएको छ । समाजको चेतना र संस्कृति अनुकूल संविधान र कानुन बनेका हुन्छन् ।”, प्रधानमन्त्री ओलीले भने, “न्याय स्थापनाका लागि न्यायसम्मत राज्य र कानुनसम्मत समाजको परिचालन आवश्यक छ । संविधान र कानुलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ भन्ने नागरिक चेतना हुनुपर्छ, अन्यथा समाजमा डिजअर्डर कायम हुन्छ । कानुनको कार्यान्वयनका लागि सरकारका तर्फबाट गर्नुपर्ने कामका लागि हाम्रो पहल हुनेछ ।”

नेपालमा २०७५ भदौ १ गतेबाट विभिन्न संहिता कानुनहरु लागु भएको सन्दर्भमा मनाइएको दिवसमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता सार्वभौमसत्तासम्पन्न हुने भएकाले सामूहिकरुपमा पहल भएमा संसदले संविधान संशोधन गर्न सक्ने स्पष्ट गरे ।

“यसका लागि हामीले सबैले आफूलाई म भन्ने अर्थमा नभई नागरिक दायित्व ग्रहण गरेर राष्ट्रियभावका साथ प्रस्तुत भएमा संविधान र कानुनको पालना सहज हुनेछ ।”, उनले भने, “पहिले पहिले अदृष्य बन्धनका रुपमा रहेका धर्म र नैतिकताका आधारमा पनि न्याय गर्न सकिन्थ्यो । अहिले सामाजिक बन्धनहरु कमजोर भएका छन् । समाजमा इमानबाट चल्ने अदृष्य बन्धन रहेन । जसले जे गरे पनि हुन्छ भन्ने भएको छ । त्यस कारण शिक्षा र सामाजिक बन्धनलाई प्रवद्र्धन गर्न आवश्यक छ ।”

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले मर्यादाक्रमअनुसारका तलवमान दिनु भनी दिएको आदेशले राज्यको दायित्व बढ्ने भएकाले निर्णय गर्न असुविधा भएको बताए । राजस्व अशुलीको प्रवृत्तिमा २४ प्रतिशतले कमी भएको र संसदबाट बजेट पारित भइसकेको स्थितिमा उक्त आदेशको कार्यान्वयनबारे सरकारले फेरि अदालतसमक्ष समाधानको उपाय निकाल्न भन्नुपर्ने अवस्था आएको उल्लेख गरे । “अदालतको उक्त फैसला सुन्दा सुरुमा मलाई पनि सबै कर्मचारीमा न्याय मिल्ने भयो भन्ने लागेको थियो तर राज्यको कोषको वास्तविक अवस्था हेरेर निर्णय गर्न खोज्दा त नसकिने अवस्था देखियो ।”

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ७ : १० बजे

स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट

लुम्बिनी लायन्सले भोलि बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्दै

बुटवल । लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

ललितपुर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि